Kath khabar
नेपालले बंगलादेशलाई दुई एक गोलले हरायो

काठमाडौं, भदौ २४ । नेपालले बंगलादेशको राष्ट्रिय महिला टिमविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दुई एक गोलको जित हात पारेको छ । नेपाली महिला टिमको दशरथ रंगशालामा डेब्यु जित हो ।

त्रिपुरेश्वर स्थीत द्यशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा राष्ट्रिय महिला टोलीले पहिलो हाफमै दुई सुन्य गोलको अग्रता बनाएको थियो । खेलको १३ औँ मिनेटमा सविता रानाले गोल गरी नेपालको खाता खोल्नु भएको थियो । उहाँले बिमला चौधरीको क्रशमा डिफेन्डर र गोलरक्षकलाई बिट गरेर डेब्यु गोल गर्नुभएको हो ।

२३ औँ मिनेटमा डेब्युटेन्ट खेलाडी प्रिती राइले नेपालको अग्रतालाई दोब्बर बनाउनुभयो । सरु लिम्बुको सहयोगमा उहाँले गोल रक्षक रुप्ना चक्मा अगाडि बढेको अवस्थामा गोल गर्नुभएको हो । महिला फुटबलको भविष्यको रुपमा हेरिएको प्रितीको पनि यो पहिलो अन्तर्रााष्ट्रिय गोल हो । ४९ औँ मिनेटमा प्रितीले व्यक्तिगत दोस्रो गोल गर्ने मौका गुमाएकी गुमाउनु भएको थियो । सरुले दिएको पासमा प्रितीले  गरेको प्रहार बंगलादेशी गोल रक्षक रुप्नाले बचाउनुभएको थियो ।

दोस्रो हाफमा केही संयमित देखिएको बंगालादेशीले खतरनाक आक्रमण पनि बनेको थियो । बलमा अधिकांश समय बलियो पकड बनाएको पाहुना टोलीका लागि ७९औँ मिनेटमा श्रीमोती सरकारले गरेको प्रहार एन्जीला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गर्नुभयो त्यस लगत्तै बंगलादेशकी स्ट्राइकरले गरेको प्रहार पनि उहाँले बिफल बनाईदिनुभयो ।

८३ औँ मिनेटमा तउरा खातुनले बंगलादेशको खाता खोल्नुभयो । वैकल्पिक खेलाडी खातुनले मैदान प्रवेश गरेको केही सेकेण्डमै उहाँले गोल गर्नुभएको हो । त्यसपछि पनि लगातर आक्रमण बुनेको बंगलादेशी टोली गोल थप्न सकेन । योसँगै नेपालले बंगलादेश विरद्धको अपराजित यात्रालाई कायमै राखेको छ । आज प्रिती र सविता सहित मञ्जली योञ्जन र श्रीजना योञ्जनले राष्ट्रिय टिममा डेब्यु गर्नुभएको छ । दोस्रो खेल आइतबार हुने छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update