Kath khabar
किन घटायो राष्ट्र बैंकले शेयर कर्जा ?

काठमाडौं, भदौं २५ । लगानीका बाटा बन्द भएका बेलामा बैंक तथा वित्त संस्थाले सँगै लगानीकर्ताले समेत शेयरबाट राम्रो मुनाफा आर्जन गरे । लगानी गर्न नसकेर थुप्रिएको पैसा बैंकहरुले शेयर कर्जामा लगानी गरे । यता लगानीकर्ताहरुले पनि  शेयरमै लगानी गरेर ठूलो मुनाफा आर्जन गरे ।

तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भने राष्ट्र बैंक शेयर कर्जामा कठोर भयो । लगानीकताले अर्थमन्त्री जनार्दन शर्मालाई गुहारेपनि यसमा राष्ट्र बैंक ब्याक नहुने देखिएको छ ।

अस्वाभाविक रुपमा कर्जा बिस्तार भएपछि शेयर बजारमा ‘बबल क्रियट’ भएको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका थिए । अन्य क्षेत्रमा लगानी बिस्तार हुन नसकेका बेलामा शेयर कर्जामा भने अस्वाभाविक रुपमा कर्जा बिस्तार भएको देखिन्छ ।  

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृति कर्जा १ सय १०.८ प्रतिशतले बढेको छ । जुन सबैभन्दा बढि बिस्तार भएको कर्जा हो  । जबकी डिमान्ड तथा चालु पूँजी कर्जा २५.४ प्रतिशतले, रियल स्टेट कर्जा १५.८ प्रतिशतले र भने हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको छ । त्यसैगरि आवधिक कर्जा २९.७ प्रतिशतल र ट्रष्ट रिसिट (आयात) कर्जा ४८.७ प्रतिशतले बृद्धि भएको छ ।

ओभरड्राफ्ट कर्जा २९.८ प्रतिशतले बढेको छ । जुन पनि शेयर बजारमा नै गएको राष्ट्र बैंकको बुझाई छ । यसरी अस्वाभाविक रुपमा बढेको मार्जिन कर्जा कम गर्न राष्ट्र बैंकले यो वर्ष शेयर कर्जाको सिमा घटाएको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । जबकी नेपाल राष्ट्र बैंकले २१ प्रतिशतको बृद्धिको लक्ष्य राखेको थियो । अस्वाभाविक रुपमा कर्जा बिस्तार भएपछि राष्ट्र बैकले यो वर्ष भने यस्तो बिस्तार घटाएर १९ प्रतिशत कायम  गरेको छ।

यसरी अस्वाभाविक रुपमा कर्जा विस्तार हुँदा यसबाट उपभोग बढ्ने र त्यस्तो उपभोगबाट मूल्यबृद्धि समेत बढ्ने जोखिम देखिएको छ । यस्तो मूल्य बृद्धिको मारमा बिशेषगरी निम्न आय भएकालाई असर गर्ने देखिन्छ । त्यसैले नै राष्ट्र बैंकले गत वर्षभन्दा कम कर्जा बिस्तारको लक्ष्य राखेको हो । जसका लागि राष्ट्र बैंकले कुल कर्जा त छदैछ शेयर कर्जामा पनि कडाई गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update