काठमाडौं, भदौ २५ । अर्जेन्टिनाले बोलिभियाबीचको खेलमा ब्राजिलियन खेलाडी पेलेको कीर्तिमान तोड्न कप्तान लियोनल मेस्सी सफल हुनु भएको छ।कप्तान लियोनल मेस्सीले बोलिभिया विरुद्धको खेलमा ह्याट्रिक गर्नुभए सँगै पेलेको कीर्तिमान तोड्न सफल हुनु भएको हो।
विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले हराएको हो। खेल शुक्रबार बिहान भएको हो। मेस्सीले खेलको १४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनु भएको थियो। त्यसपछि दोस्रो हाफमा उहाँले दुई गोल गर्नुभयो । खेलको ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अग्रता २–० मा पुर्याउनु भयो।
खेलको ८८ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गनर्सभएका मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई विजयी बनाउनु भएको हो। यो ह्याट्रिकसँगै मेसीले अर्जेन्टिनाका लागि गोल संख्या ७९ पुगेको छ।
बोलिभिया सँगको खेलमा ह्याट्रिकसँगै मेस्सीले दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने ब्राजिलियन लेजेन्ड पेलेको कीर्तिमान भंग गर्नु भएको छ।
ब्राजिलका लागि पेलेले ७७ गोल गर्नु भएको थियो। यस जितसँगै अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोडेको छ । दक्षिण अमेरिकाबाट अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा छ । बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा छ।