Kath khabar
नेपालले पपुवा न्युगीनी विरुद्ध टस जितेरे पहिले ब्याटिङ गर्ने, तीन खेलाडी परिवर्तन

काठमाडौं, भदौ २५ । नेपाल र पपुवान्युगिनीबिचको एक दिवसीय खेल अहिले जारी छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेकोछ । यो खेल डेनाइट हुनेछ । नेपालले एक दिवसीयमा पहिलो पटक डे नाइट खेल्न लागेको हो । डेनाइटमा नेपालले जिम्बावे र सिंगारपुर यस अघि उसले सिंगापुरमा भएको टि-ट्वान्टी आईमा खेलेको थियो । जारी खेलका लागि नेपालले तीन परिवर्तन गरेको छ ।

पहिलो  खेलबाट शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई बाहिर राखिएको छ भने करण केसी, सुशन भारी र बिनोद भण्डारीले टोलीमा स्थान बनाउनुभएको छ । टि ट्वान्टीमा भनेसन २०१९ मा सिंगापुरमा भएको त्रिकाणत्मक सिरिजमा प्रतिस्पर्धा गरेको थियो ।

सिरिजमा घरेलु टोली सिगांपुर र जिम्बावे सहभागी थिए । नेपालले गत मंगलबार भएको पहिलो ओडिआइमा पपुवा न्युगिनीलाइ २ विकेटले पराजित गरेको थियो । १ सय ३५ रनको झिनो लक्ष्यका लागि नेपालले ८ विकेट गुमाएको थियो । यो खेलमा नेपाली ब्याट्सम्यानले रनका लागि निकै संघर्ष गरेका थिए । यो खेलसँगै नेपालले भदौ २८ गतेबाट हुने विश्वकप लिग टु अन्तगर्त ओमान सिरिजको तयारी पुरा गर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update