सोमबार राष्ट्र बैंकले आठ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने
काठमाडौं, बैशाख १२ । सोमबार अर्थात भोलि नेपाल राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकले उक्त परिमाणमा ट्रेजरी बील जारी गर्न लागेको हो । ट्रेजरी खरिदका लागि बैंक तथा फाईनान्स कम्पनीहरुले सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँको रहेको छ । सो मध्ये २८ दिने ट्रेजरी को परिपक्व हुने अवधि २०७८ जेठ ११ गते र ९१ दिने ट्रेजरी को परिपक्व हुने अवधि बिसं २०७८ साउन १२ गते तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८ १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय