Kath Khabar
८३ प्रतिशत जनसंख्या कोभिड खोप लगाउन बाँकी

काठमाडौं, भदौ २७ । हरेक सरकारले कोभिड १९ विरुद्धको खोपलाई साझा कार्यक्रम रहेको बताँउदै खोप कार्यक्रम अघि बढाएको छ। यसअघिको केपी शर्मा नेतृत्व सरकार तथा वर्तमाान शेरबहादुर देउवा नेतृत्वको सरकारले कोभिड विरुद्धको खोपलाई सरकारको साझा कार्यक्रमको रुपमा अघि बढाउदै आएको छ। सोहि क्रममा अर्थमन्त्री जर्नादन शर्माले कोभिड विरुद्धको खोप संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम भएको बताँउनु हुदै कोभिड विरुद्धको खोपका लागि पर्याप्त स्रोत व्यवस्था गर्न एवम् स्रोत साधनको वितरणलाई सन्तुलित र समन्यायिक बनाउन बजेटलाई परिमार्जन गर्न जरुरी रहेको बताउनु भयो ।

मन्त्री शर्माले २०७८ भदौ २३ गते सम्म कोभिड महामरी विरुद्धको खोप ५७ लाख ३० हजार जनाले पहिलो मात्रा र ५१ लख दुई हजार जनाले पूर्ण मात्रा प्राप्त गरिसक्नु भएको बताउनु भएको छ। सो संख्या कुल जनसंख्याको १७ प्रतिशत हुन आँउछ। हालसम्म खोपको एक करोड ३३ लाख ५९ हजार मात्रा नेपाल भित्रिसेको र करिब तीन करोड मात्रा प्राप्त हुने क्रममा रहेको छ। बाँकी ८३ प्रतिशत जनसंख्यालाई पनि छिटै खोप उपलब्ध गराउने बताइएको छ।

यस्तै कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनु भयो। खोप व्यवस्थापनको लागि वैदेशिक स्रोतका अतिरिक्त आन्तरिक स्रोत समेत परिचालन गर्ने प्रबन्ध गरेको छ।

सरकारले कोभिड विरुद्धको खोप लगाउन योग्य सबै नेपालीलाई यथाशक्य चाँडो निः शुल्क खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चिततासहित स्रोतको प्रबन्ध मिलाएको बताइएको छ।  

कोभिड महामारीबाट नागरिको जीवन रक्ष गर्ने र शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी चलायमान बनाउने विषयमा वर्तमान सरकारको उच्च प्रथामिकता रहेको छ।

 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update