काठमाडौं, भदौ २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप नौ सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल ११ हजार १८ वटा नमुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो समेत गरी हाल देशभर सक्रिय संक्रमितहरुको कुल संख्या २६ हजार सात सय ५७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनाको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार नौ सय ४९ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप एक हजार चार सय २३ संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा तीन सय नौ जना संक्रमित थपिएकाछन् । सो मध्ये काठमाडौं जिल्लामा एक सय ८७, ललितपुर जिल्लामा ५६ र भक्तपुर जिल्लामा ६६ जना संक्रमितहरु थपिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या छ हजार चार सय छ जना रहेको छ ।