काठमाडौं, भदौ २७ । नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी सुजल फूड्स प्रा. लि. को उत्कृष्ट उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना समस्त ग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक तथा शुभचिन्तकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ ।
ओन्ली चोकोफन भन्ने संदेश बोकेको यस बिज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजन बिज्ञापन मार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र ओरजिनल चकलेट वेभफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बिगत २० वर्षदेखि बस्दै आएको छ। यस बिज्ञापन अभियानमार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई ओन्ली चोकोफन को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ । बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थपखुशी र आनन्दप्राप्त हुन्छ र यसरी उनीहरुको रमाइलो र खुशीको अभिन्न अंगको रुपमा ओन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको यस बिज्ञापन अभियानको प्रबर्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, सामाजिक संजालमार्फत पनि प्रबाह गरिएको छ ।
यो बिज्ञापनलाई बालबालिकाहरुले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् । उनीहरुको दैनिकीजीवनमाहुने विभिन्नमिठा पलहरुलाई नै समेटेर ओन्ली चोकोफनको टेलिभिजन बिज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँछ । बिज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै ओन्ली चोकोफन नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।
बिगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दे आएको आईएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी सुजल फूड्स प्रालिको लोकप्रिय उत्पादन हो चोकोफन । अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ । क्रिप्स्पी र क्रन्ची वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ ।
यस बिज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफलहुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने र उनीहरुको चोकोफन प्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी पूर्णतःविश्वस्त छ ।