Kath khabar
विश्वकप लिग टुमा अमेरिका र नेपाल भिड्दै, दिपेन्द्र सिंह ऐरीले भने ओमान सिरिज गुमाउने

काठमाडौं, भदौ २७ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले आफ्नो दोस्रो सिरिज सोमबारबाट सुरु गर्दैछ । जसमा नेपालले पहिलो खेलमा अमेरीकासँग प्रतिस्पर्धा गर्दैछ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको सिरिज नेपालका लागि निकै महत्वपुर्ण रहेको छ । हाल लिग टु को अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले जम्मा चार खेल खेलेको छ । जसमा दुई जित निकालेको छ । नेपाललाई लिग टु को शिर्ष तीनमा रहने हो भने यो पटक खेल्ने चार खेल निकै महत्वपुर्ण रहेका छन । हालसम्म चार खेलमा चार अंक बनाएको नेपालले अंक तालिकाको दोस्रो स्थानमा रहेको अमेरीकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

लिग टु मा अमेरीकाले अहिलेसम्म १२ खेल खेल्दा ६ मा जित र ६ मा हार ब्यहोरेको छ । अमेरीका अन्तिम पटक लिग टु का लागि २०२० का फेब्रेवरीमा नेपाल आउँदा र अहिलेको टिममा निकै परिवर्तन भएको छ । त्यो बेला टिममा रहेका केहि खेलाडी अहिलेको टिममा छैनन् । यसका साथै यो पटक टिममा केहि युवा खेलाडीलाई समेटिएको छ भने दुई जनाले पहिलो पटक लिग टु मा डेब्यु गर्दैछन । यसका साथै अमेरिकी टिममा प्रशिक्षक पनि नयाँ रहेका छन् । भारतीय प्रशिक्षकलाई नियुक्त गरेको अमेरिकी क्रिकेट टिमले ओमानको मैदानमा लिग टुको सिरिजमा पहिलो पटक खेल्न लागेको हो ।

यसअघि ओमानसँगको बाताबरणमा मिल्दोजुल्दो यूएईमा खेल्दा अमेरीकी टिमले चार खेलमा तीन जित निकालेको थियो । तर त्यसपछि अमेरीका नेपालमा आउँदा निकै खराब प्रदर्शन गरेको थियो । उसले ओमान र अमेरीकासँग चारै खेल हारेको थियो । त्यसपछि अमेरीकी क्रिकेट बोर्डले टिमको मुख्य प्रशिक्षक देखि केहि खेलाडीलाई परिवर्तन गरेको थियो । अमेरिकी टिममा अहिले तिब्रगतिका बलर र स्पिनरको समिश्रण रहेको छ । ओमानको पिचमा अमेरिकाले पपुवा न्युगिनीसँग दुई मैत्रीपुर्ण खेल खेल्दा दुबैमा फराकिलो अन्तरको जित निकालेको थियो ।

यो पटक अमेरिकी टिम पुर्ण आत्मविश्वासका साथ ओमान पुगेको छ । करिव डेढ महिना क्याम्प राखेको अमेरिकी टिमका जसकरण मलोत्राले पीएनजीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर नेपालका लागि राम्रो चुनौती दिनुभएको छ । यता नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले यो सिरिज खेल्न नसक्ने भएपछि टिमलाई ठूलो झट्का लागेको छ । उहाँको दायाँ खुट्टाको एंकलमा चोट लागेकाले केहि समय उहाँलाई आराम गर्नुपर्ने भएको छ । नेपाली टिममा मिडिल अडरमा पीएनजीविरुद्ध साझेदारीको कमी देखिँदा ऐरी घाइते भएपछि थप दबाब बढेको छ । अमेरीकाविरुद्ध खेल्दा नेपालका लागि मुख्य हतियार स्पिनर सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी हुन सक्नुहुन्छ ।

सन्दिपले घरेलु मैदानमा अमेरिकालाई ध्वस्त पार्न एक्लैले ६ विकेट लिनुभएको थियो । सन्दिपको बलिङबाट अमेरिकी टिम केहि सजकपनि देखिएको छ । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले पीएनजीसँगको दुई खेलपछि टिमका आत्मविश्वास बढेको, तर पीएनजी भन्दा बलियो टिमविरुद्ध खेल्दा चुनौती हुने धारणा राख्नुभएको छ। नेपाल र अमेरीकाले एकदिवसिय मान्यता पाएपछि लिग टु सिरिजमा तेस्रो पटक खेल्न लागेका हुन् । नेपालले यसअघि कीर्तिपुर मैदानमा पहिलो खेलमा ३५ रनले जितेको थियो भने दोस्रो खेलमा ८ विकेटले हराएको थियो । ने

पाल र अमेरिका ५० ओभरको खेलमा सन् २००८ देखिका प्रतिद्धन्द्धी हुन् । डिभिजन ५ बाटका प्रतिद्धन्द्धी नेपाल र अमेरीकाले ५० ओभरमा ६ पटक खेलेका छन । जसमा तीन खेल नेपालले जितेको छ भने अमेरीकाले पनि तीन खेल जितेको छ । नेपाल र अमेरिकाको खेल ओमान क्रिकेट संघको मैदानमा नेपाली समय अनुसार साँझ सवा चार बजेबाट सुरु हुने छ ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update