सानिमा बैंक र माइती नेपालबीच सम्झौता नवीकरण
काठमाडौं, वैशाख १२ । सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
माइती नेपालले करिब तीनदशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारी पत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गर्नुभयो । सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८ २०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय