यही असोज चार गतेबाट दशैंतिहार लक्षित नयाँ नोट
प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरमा सटही गरिने
काठमाडौं, भदौ २८ । नेपाल राष्ट्र बैंकले यही असोज चार गतेबाट दशैं तिहार लक्षित नयाँ नोटको सटही कार्य सुरु गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरमा नयाँ नोट सटही गर्न लागिएको हो ।
केन्द्रिय कार्यालय बालुवाटार, राष्ट्र बैंकको सबै किसिमको प्रादेशिक एवं क्षेत्रिय कार्यालय एवं वाणिज्य बैंक र फाईनान्स कम्पनीहरुबाट नयाँ नोट बितरण गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
धेरैजसो बैंक तथा फाईनान्स कम्पनीहरुले अहिले नै नयाँँ नोट लगिसकेको र ति बैंकहरुले असोज चार गते देखि नै बितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८ १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय