Kath khabar
अ‍ोमान सिरिजः अमेरिकाले दियो नेपाललाई चुनौतीपुर्ण लक्ष्य

ओमान, भदौ २८ । मोनांक पटेलको शतकमा विश्वकप लिग टु अन्तगर्त त्रिकोणात्मक सिरिजमा जारी खेलमा अमेरिकाले नेपाललाई २ सय ३१ रनको चुनौती पुर्ण लक्ष्य दिएको छ ।

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले सूरुवात भने राम्रो गरेको थियो । १० ओभरको समाप्तीमा नेपालले ४७ रन बनाएको अमेरिकाको दुई विकेट लिएको थियो । विक्रम शोबले नेपाललाई पहिलो सफलता दिलाउनुभएको हो । तीब्र गतिका बलर शोबले तीन दशमलब पाँच ओभरमा ओपनर स्टेभेन टेलरलाई कुशल भुर्तेलको हातबाट आउट गराउनुभएको हो । १० ओभरको समाप्तीमा अमेरिकाले अर्को विकेट गुमायो ।

स्टार स्पीनर सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरको अन्तिम बलमा ओपनर सुशान्त मोदानीलाई १६ रनमा पेभेलियन पठाउँदै नेपाललाई दोस्रो सफलता दिलाउनुभएको हो । अमेरिकाका लागि तेस्रो नम्बरमा आएका मोनांकले संयमित ब्याटिङ गरि शतक प्रहार गर्नुभयो ।  अमेरिकी खेलाडीले ओडिआई क्रिकेटको बनाएको यो दोस्रो शतक हो । यसअघि यसै साता  पपुवा न्युगीनी विरुद्धको ओडिआइमा जसकरण मलोत्राले एक सय ७३ रनको शानदार पारी खेल्नु भएको थियो ।

आज ११ रन बनाएका मलोत्रालाई ३७ औँ ओभरमा सुशन भारीले आउट गर्नुभयो । उहाँले पपुवा न्युगिनी विरुद्ध एकै ओभरमा ६ बलमा ६ छक्का हान्दै विश्व क्रिकेटमा सनसनी मच्चाउनुभएको थियो । मोनांकले एक सय १४ बल खेलेर ९ चौका र एक छक्का प्रहार गर्दै अमेरिकालाई सम्मानजनक स्कोर तर्फ डोर्‍याउनु भएको हो । ४६ दशमलव चार ओभरमा उहाँलाई विक्रमले कुशल भुर्तेलको हातबाट आउट गराउनुभएको हो । नेपालका लागि सन्दिपले १० ओभर बलिङ गर्दा दुई मेडन राख्दै दुई  विकेट लिनुभएको थियो । । यस्तै सुशन भारीले दुई विकेट लिँदाँ बिक्रम र कुशलको नाममा एक एक विकेट रह्यो । अहिले दोस्रो इनिङ चलिरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update