काठमाडौं, वैशाख १३ । भूकम्प गएको ५ वर्ष बितेको छ । तर यो समयमा पुननिर्माणका लागी भनेर भारतबाट आएको सहयोग रकम भने निराशाजनक रहेको छ । अहिलेसम्म जम्मा ६८ लाख अमेरिकन डलर अर्थात ८१ लाख ६० हजार रुपैयाँ मात्रै देशमा आएको छ ।
दाता सम्मेलनमा प्रतिबद्धता भारतले १ खर्ब ७ अर्ब बराबरको प्रतिबद्धा जनाएको थियो । तर भारत सरकारका विभिन्न सर्तका कारण २५ अर्बभन्दा बढि रकम प्राप्त गर्न सकिने अवस्था नभएको पुननिर्माण प्राधिकरणले बताएको छ ।पुननिर्माणका लागि प्रयोग गर्न नसकिने भएपछि पुननिर्माण प्राधिकरणले करिब ४९ अर्ब जति नेपाल सरकारलाई फिर्ता जान नदिन अरु उपाय गर्न सुझाएको छ ।
प्राधिकरणले यस्तो ४९ अर्ब सरकारबाट लिनेमा सहमत भएको छ । किनभने पुननिर्माण प्राधिकरणले भारतका सर्त बमोजिम पुननिर्माणको काम गर्न नसकिने निष्कर्ष निकालेको छ ।
निर्माणका क्रममा भारतीय कम्पनी र भारतीय सामग्री ६५ प्रतिशत सम्म प्रयोग गर्नुपर्ने जस्ता सर्तका कारण रकम ल्याउन नसकिएको हो । यस्ता विभिन्न सर्तका कारण कुल प्रतिबद्धता रकम भने २ सय ९४ अर्ब रुपैयाँ मात्र रहेको र जसमध्ये अहिलेसम्म दाता सम्मेलनमा गरिएको प्रतिबद्धतामध्ये २ सय ४३ अर्बको सम्झौता भएको छ ।
यसबाहेक गैरसरकारी संस्थाहरुसँग करिव ९० अर्ब रुपैँया परिचालनका लागि सम्झौता भई करिव ७२ अर्ब रुपैँया परिचालन भएको पुननिर्माण प्राधिकरणले जनाएको छ । २०७२ सालको भूकम्पछि पुनर्मिाणका लागि रकम जुटाउन आयोजना गरिएको दाता सम्मेलन र र विभिन्न गैर सरकारी संस्थाहरुबाट करिब ५ खर्ब बराबरको सहयोगको प्रतिबद्धता पाएको थयो ।
दाता सम्मेलनमो ४ अर्ब १० करोड अमेरिकि डलर र विभिन्न गैर सरकारी संस्थाहरुबाटे थप ९० अर्ब रुपैयाँ रकम दिने घोषणा भएको थियो, तर वास्तवमा पाउन सकिने रकम भने ३ खर्ब हाराहारी देखका छौ, जसमध्ये ८७ प्रतिशतको सम्झौता भइसकेको छ । तर सरकारले अहिलेसम्म जम्मा १ खर्ब ४० अर्ब अमेरिकी डलर बराबरको रकम मात्रै प्राप्त गरेको छ । जुन प्रतिबद्धता गरेको रकमको ३० प्रतिशत मात्रै हो ।