Kath khabar
एकै वर्षमा विदेशी लगानीकर्ताले ३९ अर्ब लाभांश लगे

काठमाडौं, भदौ २९ ।नेपालबाट विदेशी लगानीकर्ताले एक वर्षको अवधिमा साढे ३९ अर्ब भन्दा बढी लाभांश लैजान सफल हुनु भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुरुप विदेशी लगानीकर्ताहरुले नेपालबाट अर्बौं रकम लाभांश लगेको देखिन्छ।

राष्ट्र बैंकले गरेको ‘प्रत्यक्ष वैदेशिक लगानी सम्वन्धी सर्वेक्षण २०७६÷७७’ प्रतिवेदनले पछिल्लो तीन आर्थिक वर्ष मध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७४÷०७५ मा ३९ अर्ब ५३ करोड चार लाख  लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लैजानु भएको छ।
यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा २७ अर्ब ७८ करोड ३० लाख र आर्थिक वर्ष २०७६÷०७७ मा १२ अर्ब ९० करोड ३१ लाख लाभांश विदेशी लगानीकर्ताले लगेको राष्ट्र बैंकले जानकारी दिएको छ।


विदेशी लगानीकर्ताहरुले उत्पादन, खानी र उत्खनन, विद्युत ग्यास र पानी, निर्माण, यातायात भण्डारण र सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेष्टुरेन्ट र शिक्षा लगायतका उद्योग तथा कम्पनीबाट सो लाभांश लैजानु भएको प्रतिवेदनमा उल्लेख छ।
विदेशी लगानीकर्ताहरुले आर्थिक वर्ष २०७४÷७५ मा यातायात , भण्डारण  सञ्चार संस्थाबाट सबैभन्दा धेरै २३ अर्ब  ६४ करोड ९९ लाख र क्रमशः उत्पादन, खानी र उत्खनन संस्थाबाट ११ अर्ब ९१ करोड ४७ लाख, विद्युत, ग्यास र पानीका संस्थाबाट दुई अर्ब ९२ करोड ६४ लाख, वित्तीय मध्यस्ताबाट ८८ करोड ६६ लाख र अन्यसंस्थाबाट १५ करोड २८ लाख रुपैयाँ लाभांश लैजानु भएको छ।

यस्तै विदेशी लगानीकर्ताले आर्थिक वर्ष २०७५÷०७६ मा सबैभन्दा बढी यातायात, भण्डारण र सञ्चारबाट १२ अर्ब ५४ करोड र क्रमशः उत्पादन, खानी र उत्खननबाट नौ अर्ब ७७ करोड ९७ लाख, बिजुली, ग्यास र पानीबाट दुई अर्ब ७६ करोड २२ लाख, वित्तीय मध्यस्तताबाट दुई अर्ब १६ करोड ७५ लाख , शिक्षाबाट ३४ करोड ७७ लाख, निर्माणबाट १६ करोड १७ लाख, होटल तथा रेष्टुरेन्टबाट एक करोड १४ लाख र अन्य क्षेत्रबाट एक करोड २८ लाख रुपैयाँ लाभांश लैजाुन भएको छ।


आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दब बढी उत्पादन, खानी र उत्खननबाट सात अर्ब ५२ करोड ७१ लाख र त्यसपछि क्रमशः वित्तीय मध्यस्तताबाट चार अर्ब ७९ करोड ९६ लाख, शिक्षाबाट ३४ करोड ७७ लाख, अन्य क्षेत्रबाट नौ करोड ७१ लख लाभंश विदेशी लगानीकर्ताले लैजानु भएको छ। सोहि वर्षमा होटल तथा रेष्टुरेन्टबाट चार करोड २९ लाख, विद्युत, ग्यास र पानीबाट तीन करोड २३ लाख, निर्माणबाट पाँच करोड, यातायात , भण्डारण र सञ्चारबाट ४१ लाख र स्वास्थ्य र सामाजिक कार्यबाट २३ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लैजानु भएको प्रतिवदेनमा उल्लेख छ। नेपालमा लागनी जोखिम नहुदाँ विदेशी लगानीकर्ताहरु आर्कषित भएको पाइन्छ। प्रशासनिक झन्झटिलो प्रक्रियाले गर्दा भने लगानी प्रस्ताव आए पनि रकम भने नआउने गरेको पाईन्छ। उद्योग विभागमा विदेशी लगानीकर्ताहरुले अबौं लगानी प्रतिवद्धता जनाउने तर सिमित रकम आउने अभ्यास देखिन्छ। यसमा सुधार गर्नु आवश्यक देखिन्छ।

 

cfly{s jif{

/sd -nfvdf_

 

@)&$÷&%

#(%#$

 

@)&%÷&^

@&&*#)

 

@)&^÷&&

!@()#!

 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update