Kath khabar
बैंक तथा फाईनान्सहरुको कुुल कर्जा ३८ खर्ब नाघ्यो

काठमाडौं, वैशाख १३ । बैंक तथा फाईनान्स कम्पनीहरुले सुनचाँँदी धितो लिएर ४२ अर्ब ५७ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेकाछन । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको फागुुन मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा बिकास बैंक र २० वटा फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । 
चालुु आवको फागुुन मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले संकलन गरेको कुुल निक्षेप ४३ खर्ब ४५ अर्ब ३८ करोड २० लाख रुपैयाँ रहेको छ भने कुल कर्जा रकम ३८ खर्ब ५२ अर्ब ६३ करोड ३० लाख रुपैयाँ रहेको छ । यस अवधिमा सञ्चालनमा रहेका बाँणिज्य बैंकहरुले मात्र कुुल ३८ खर्ब २६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ११ अर्ब ९९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । सुनचाँदी धितोमा मात्र बाँणिज्य बैंकहरुले प्रवाह गरेको कुुल कर्जा रकम भने ३७ अर्ब ७३ करोड ७० लाख रुपैयाँ रहेको छ । 
बिकास बैंकहरुले भने चालुु आवको फागुुन मसान्तसम्ममा सुनचाँदी धितो शिर्षकमा तीन अर्ब ७७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन । राष्ट्र बैंकका अनुसार उक्त अवधिमा बिकास बैंकहरुले कुुल चार खर्ब १७ अर्ब एक करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५९ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । फाईनान्स कम्पनीहरुले भने चालुु आवको फागुुन मसान्तसम्ममा एक खर्ब एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब नौ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । उक्त कर्जा मध्येमा फाईनान्सहरुले सुनचाँदी धितोमा मात्र प्रवाह गरेको कुल कर्जा रकम भने एक अर्ब छ करोड २० लाख रुपैयाँ रहेको छ ।  


  
 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ००:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update