Kath Khabar
उपत्यकामा ४०४ जना सहित नेपालमा थप १५६२ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, भदौ २९। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ६२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १४ हजार चार सय ४३ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा सक्रिय संक्रमितहरुको कुल संख्या २६ हजार दुई सय दुई पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण १९ जनाले ज्यान गुमाएकाछन् । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार नौ सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो अवधिमा कोभिड १९ बाट संक्रमणमुक्त हुनेहरुको संख्या भने एक हजार पाँच सय ८९ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने चार सय चार जना संक्रमित थपिएकाछन् । सो मध्ये काठमाडौं जिल्लामा दुई सय ९४, ललितपुर जिल्लामा ६२ र भक्तपुर जिल्लामा ४८ जना संक्रमित थपिएकाछन् । यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या छ हजार दुई सय ५३ पुगेको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update