काठमाडौं, भदौ ३० । बायर्न म्युनिखले बार्सिलोनालाई पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्यन ३–० ले विजयी भएको हो ।
बायर्नका लागि थोमस मुलर र रोबर्ट लेवान्डोस्की नायक बने । खेलमा नियन्त्रण बनाएको बायर्नले खेलको ३४ औँ मिनेटमा मुलरको गोलको मद्दतले अग्रता लिएको थियो । बार्सिलोनाविरुद्ध उहाँको यो सातौँ गोल थियो । दोस्रो हाप अघि एक गोलमा सिमित खेलमा बायर्नले थप गोल गर्न सफल भएको थियो।
दोस्रो हाफमा लेवान्डोस्कीले दुई गोल गर्नुहुदै बायर्नको जीत सुनिश्चित गर्नु भएको हो। च्याम्पियन्स लिगमा उहाँको ७५ गोल पुगिसकेको छ ।
स्टार खेलाडी लियोनेल मेस्सी बिना बार्सिलोना बायर्न समक्ष निरही देखियो । मेस्सी बिनाको पहिलो खेल खेलिरहेको बार्सिलोनाले विपक्षीको पोष्टमा आक्रमण गर्न सकेन। काटालान टोलीले आफ्नो इतिहासमा पहिलोपटक युरोपियन प्रतियोगितामा लगातार तीनवटा खेल हारेको छ ।
यस्तै, समूह एचमा रहेको युभेन्टसले माल्मोलाई ३–० गोलले हरायो भने चेल्सीले जेनिथ सेन्ट पिटर्सबर्गमाथि १–० जीत हासिल गर्यो ।