काठमाडौं, वैशाख १३। सरकारी निकायले गरेको एक अध्ययन अनुरुप आम नागरिकले दैनिक उपभोग गर्ने सामग्रीहरु नै गुणस्तरहीन पाएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले गरेको एक अध्ययन प्रतिवेदन अनुरुप बजारमा पाईने पिउने पानी, चामल, तेल, मह, दालमोठ, विस्कुट, मसला लगायतका दैनिक उपभोग्य सामग्रीहरु गुणस्तरहीन भेटिएको हो ।
विभागले गरेको अध्ययन अनुरुप आव २०७७/ ७८ को प्रथम चौमासिक र दोस्रो चौमासिक अर्थात् अष्ठमासिक अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य ऐन तथा नियम अनुसार न्युनस्तर तथा दुषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा क्रमशः २६ थान र ५० थान वटा गरी जम्मा ७६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको थियो ।
दायर गरिएका मुद्दा मध्ये सबैभन्दा बढी प्रशोधित भनिएको पानी, तयारी चाउचाउ, मसला, तेल लगायतका सामग्रीहरु रहेको छ । ७६ थान मुद्दा मध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका ११ (४१ प्रतिशत), तयारी चाउचाउ ७ (९ प्रतिशत), मसलाका ६ (८ प्रतिशत), तेल, बेकरी, दाना, सस्, मह, दालमोठ भुजिया, बिस्कुट प्रत्येकका ४ लगायत मिठाई, दहि, चामल, बियर, गेडागुडी, खुर्सानको धूलो जस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् ।
उक्त ७६ मुद्दाहरु मध्ये ३५ वटा (४६ प्रतिशत) मुद्दाहरु न्यून गुणस्तरका, २३ वटा (३० प्रतिशत) मुद्दाहरु लेवल लगायतका विवरण नमिलेका, १२ वटा (१६ प्रतिशत) मुद्दाहरु दुषितका तथा बाँकी ६ वटा (८ प्रतिशत) मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उलङघन सम्बन्धी थिए ।
यस्तै दोस्रो चौमासिक अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता सर्भिलेन्सका अन्तर्गत ८८१ वटा नमुनाहरु संकलन गरिएको थियो ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले अष्ठमासिक अवधिमा गरेको अनुगमन तथा नियमन अन्र्तगत विभिन्न निकायहरुले गुणस्तरहीन उपभोग्य सामग्री उत्पादन गरेको बताएका छन् ।
विभागले यस आवको प्रथम चौमासिक र दोस्रो चौमासिक अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार क्रमशः एक हजार एक सय ८९ वटा र एक हजार ९५ वटा गरी कुल दुई हजार दुई सय ८४ वटा नमूना संकलन गरेको थियो । दोस्रो चौमासिक अवधिमा संकलित नमूनाहरु मध्ये खाद्यन्न÷दलहनजन्याका दुई सय ७४ वटा, तेल तथा घ्युजन्यका एक सय २४ वटा, दाना पदार्थका ९८ वटा, फल तथा सागपात जन्य पदार्थका ९१ वटा, मसलाका ६९ वटा, कन्फेक्सनीरका ३१ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दुध तथा दुग्ध पदार्थका १९ वटा लगायत जम्मा आठ सय ८१ वटा नमुनाहरुको विश्लेषण परिक्षण गरिएकोमा ५७ वटा नमूनाहरुको विश्लेष्ण प्रतिवेदन प्रतिकूल पाइएको थियो ।
यस्तै प्रतिवेदन अनुरुप नमूनाहरुको विश्लेषण परिक्षण प्रतिवेदन अनुसार प्रथम चौमासिक र दोस्रो चौमासिक अवधिमा क्रमशः ७० र ५७ गरि जम्मा १२७ नमूनाहरु मापदण्ड अनुसार नपाइएको थियो । मापदण्डअनुुुसार नपाइएका सामग्री मध्ये दानाका ३१ नमूना, प्रशोधित पिउने पानीका १८ नमुना, खाद्यन्न २० नमुना, तेल तथा घ्युजन्य १९ नमुनाहरु लगायतका अन्य खाद्य पदार्थका नमुनाहरु रहेको थियो ।
यस्तै अनुगमनको क्रममा खाद्य/ दाना उद्योग, होटेल रेष्टुरेण्ट राजमार्गका होटलको अनुगमन तथा निरिक्षण गरिएको थियो । अष्ठमासिक अवधिमा खाद्य/ दाना उद्योग, होटेल रेष्टुरेण्ट राजमार्गका होटल लगायत क्रमशः १८७३ र २७७९ गरि जम्मा ४६५२ पटक निरिक्षण अनुगमन गरिएको थियो भने निरिक्षणको क्रममा देखिएको ती निकायहरुमा देखिएको कमीकमजोरीलाई सुधार गर्न तथा कारबाही समेत गरिइएको थियो । सो अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट जम्मा २९१ वटा उजुरी उपर तत्काल सम्बोधन टोली मार्फत कारबाही गरिएको थियो ।
प्रतिवेदन अनुरुप अष्ठमासिका अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट भएको निरिक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिका बमोजिम उत्पादन गरेको पाईएका ६९ वटा उद्योग एवं खाद्य व्यवसायहरुलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूनाहरु संकलन गरी कारबाही अघि बढाइएको बताइएको छ । यस्तै यस अष्ठमासिक अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा ४७ हजार ५ सय ५४ वटा नमूनाहरु प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको बताइएको छ ।
प्रतिवेदन अनुरुप विभाग तथा कार्यालयहरुले खाद्य स्वच्छता सचेतना कार्यक्रम समेत सञ्चालन गरेको बताइएको छ । खाद्य स्वच्छताका दृष्टिकोणले बढी जोखिमयुक्त खाद्य पदर्थाहरु प्रशोधित पिउने पानी, दूध तथा खाने तेललाई प्राथमिकतामा राखी ३९ पटक खाद्य उद्योगीहरु सँग खाद्य स्वच्छता बारे तालिम, अन्र्तक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।