काठमाडौं, भदौ ३० । हरेक वर्ष झैं यस वर्ष पनि चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि हुने क्रम बढेको छ। ब्जार अनुगमन प्रभावकारी नहुदाँ व्यवसायीले आफूखुशी दैनिक उपभोग्य वस्तुको मूल्य बढाइएको नागरिकको गुनासो रहेको पाईन्छ।
पछिल्लो केहि साता यता दैनिक उपभोग्य सामग्री दाल, चामल, चिनी, खाने तेल, तरकारीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार केहि साता यता चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा अस्वभाविक मूल्यवृद्धि भइरहेको छ। संघका अनुसार, दुई साताको समयमा मुसुरोको दाल किलोमा ३५ र तेल लिटरमा ३० रुपैयाँ बढेको छ । यसैगरी ११० रुपैयाँ प्रतिकिलोको सोयाबिन दुई सय पुगेको छ भने दुई साताअघि एक हजार सात सय रुपैयाँमा बिक्री भइरहेको जिरा मसिनोे २५ किलोको बोरा चामल अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको छ ।
यस्तै दुई साताअघि १२५ रुपैयाँ प्रतिकिलो रहेको मुसुरोको दाल अहिले १६० रुपैयाँ पुगेको छ । ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनी सय रुपैयाँ पुगेको छ । यस्तै मैदा प्रतिकिलोमा चार रुपैयाँ बढेको छ । दुई साताअघि प्रतिकिलो ४३ रुपैयाँ रहेको मैदा अहिले ४७ रुपैयाँमा बिक्री भइरहेको संघको तथ्यांक छ ।
दाल, चिनी मात्र नभई खानेतेलेको मूल्य समेत वृद्धि भइरहेको छ। लकडाउन देखि विभिन्न बहान बनाई खानेतेलको मूल्य बढाँउदै आउनु भएको व्यवसायीहरुले चाडपर्वको समयमा समेत मूल्य बढाउन भएको छ।
खानेतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । डेढ साताअघि २३० देखि २४० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको फेमिली ब्रान्डको सनफ्लावर तेल अहिले २६० पुगेको छ । त्यस्तै भटमासको तेल २२५ रुपैयाँबाट बढेर २४५ रुपैयाँसम्म पुगेको छ ।
यस्तै तोरीको तेल २३० रुपैयाँबाट बढेर २५० रुपैयाँ पुगेको छ । धारा तोरीको तेलमा सबैभन्दा बढी मूल्यवृद्धि भइरहेको छ । डेढ साताअघि ३४० रुपैयाँ प्रतिलिटर रहेको धारा तेल अहिले ३६० रुपैयाँ पुगेको छ । खुद्रा व्यापार संघको तथ्यांकअनुसार, कोरोना महामारी सुरु भएयता खानेतेलमा सय रुपैयाँ प्रतिलिटरसम्म महँगिएको छ । नेपालमा सिंगापुर र मलेसियाबाट कच्चा खानेतेल धेरै आयात हुने गरेको थियो । तर लकडाउनमा भारतबाट कच्चा तेल आयात गर्न थालेपछि व्यवासायीले तेलकेो मूल्य अस्वभाविक बढाउनु भएको हो। भरतमा कच्चा तेल महँगो परेकाले मूल्य बढाएको उहाँहरुले बताँउदै आउनु भएको छ।
यसरी आफूखशुी व्यवासयीले दैनिक उपभोग्य सामग्रीमा मूल्य बृद्धि गर्दा त्यसको ठाँडो असर भने आम नागरिकमा पर्न जान्छ। सरकारले सो कुराको विचार नगर्दा आम नागरिकको दैनिकी कष्टकर समेत बनेको छ। लकडाउनमा रोजगारी गुमाउनेको संख्या अत्याधिक हुदाँ उनीहरु मँहगीको मारले थप समस्यामा पर्ने देखिन्छ।
इता उपभोक्ता अधिकारकर्मीहरु भने सरकारको हेलचक्राई कै कारण बजारमा खाद्य तथा तरकारीको मूल्य बढेको बताउनु हुन्छ। सरकार मातहतका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षणले बजार अनुगमन नगर्दा व्यवसायीले अस्वभाविक मूल्य वृद्धि गर्नु भएको पाईन्छ। विभागले दैनिक तीनवटा टोली परिचालन गरी अनुगमन गरिरहेको र चाँडै दसैँ लक्षित १० टोली अनुगमनमा खटाउने तयारी गरेको विभागका प्रवक्ता शिवराज सेढाइले बताउनु भयो। आफूखुशी मूल्य बढाई ठगी गर्नेलाई कानुन अनुसार कारबाही गरिने विभागका अधिकारीहरुको भनाई रहेको छ।