पछिल्लो २४ घण्टामा १७६० जनामा कोभिड १९ को संक्रमण पुष्टि
सात जनाको मृत्यु, देशभरबाट एक हजार दुई सय २० जना संक्रमणमुक्त
काठमाडौ, भदौ ३०। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार सात सय ६० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १६ हजार आठ सय ४४ जनाको नमुना परिक्षण गर्दा उक्त परिमाणमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो पटक थप भएका समेत गरी सक्रिय संक्रमितको कुल संख्या २६ हजार तीन सय तीन पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नौ सय ९१ पुगेको छ । मन्त्रालयका अनुसार यस अवधिमा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको संख्या भने एक हजार दुई सय २० रहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८ १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय