Kath khabar
नेपालीलाई तत्काल कतार प्रहरीमा भर्ना नलिने

काठमाडौं, भदौ ३१ । कतारले आफनो प्रहरी सेवामा नेपालीलाई तत्काल भर्ना नलिने भएको छ। कतारस्थित नेपाली दूतावासका अनुसार  कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्ध गरेको  छ । कतारले अन्यत्रबाटै पदपूर्ति गरे सँगै नेपालको लागि कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्ध गरेको बताइएको छ।


कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिक काम गरिएको कोटामा अन्यत्रबाटै पदपूर्ति गरे सँगै नेपालीहरु कतार जानबाट वञ्चित हुन पुग्नु भएको छ। कतारस्थित नेपाली दूतावासले २९ अगस्ट २०२१मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा गरेको मागपत्र प्रमाणीकरणलाई रद्ध गरेको हो । सो म्यानपावरले कतार प्रहरीमा पठाउने नाममा चर्को सेवा शुल्क पनि असुलिरहेको थियो ।


कतारले गत मंसिरबाटै प्रहरी सेवामा भर्ना गर्न खोजेको थियो । म्यानपावर कम्पनी वा सरकारी संयन्त्रमार्फत भर्ना गर्ने भन्नेमा विवाद भएपछि यो प्रक्रिया अगाडि बढ्न सकेन ।
मंसिरको पहिलो सातामा भने मागपत्र प्रमाणीकरण नभई म्यानपावर कम्पनीले अन्तर्वार्ता राखेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो । त्यसबेला अन्तर्वार्ता लिनका लागि कतारका उच्च अधिकारीहरू काठमाडौं आएका थिए ।


२०७६ फागुनमा पनि १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न लगिएको थियो । त्यसपछि थप ३ सय जना लैजान प्रक्रिया अघि बढाए पनि कानुनी उल्झनको कारण देखाउँदै विभागले रोकेको थियो । तर, श्रममन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै कतार प्रहरीमा हुने भर्ति नरोक्न निर्देशन दिनु भए पनि  पछिल्लो पटक छनोट र भर्तिको प्रक्रिया अघि बढेको थियो ।कतार पठाउने नाममा अल तकितले नियमविपरित ठूलो रकम लिए सँग थप विवाद सिर्जना भएको हो।

 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update