चीनमा आयो बिहान ठूलो भूकम्प
काठमाडौं, भदौ ३१ । चीनमा बिहीबार बिहानै ठूलो भूकम्प गएको छ। चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ४:३३ बजे दक्षिण(पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरस्थित लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ।
भूकम्पपछि उद्धार कार्य भइरहको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८ ०९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय