Kath Khabar
भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपालमा प्रतिबन्ध

 काठमाडौं, भदौ ३१। भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपालमा आयात प्रतिबन्ध लगाएको छ ।औषधि व्यवस्था  विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको हो ।

अनुगमनका क्रममा नेपाली बजारमा आयातित कम्पनीको एउटा औषधिमा बाहिरी लेभलअनुसार भित्री औषधि फरक पाइएपछि आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ । कम्पनीबाट उत्पादित एन्टिबायोटिक्स सेफ्रोमेक्सिन लेखिएको लेभलको प्याकेटभित्र सेफालोजिन औषधि राखिएको पाइएको जनाएको छ ।

सेफालोजिन हजार एमजीको छ भने सेफ्रामेक्सिन ७ सय ५० एमजीको छ। यो कम्पनीबाट बजारमा आयतित भएका २६÷२७ वटा लेभलमा यस्तो त्रुटि पाइएको  छ ।

डेढ महिनाअघि औषधिको विषयमा गुनासो आएपछि विभागले अनुगमन सुरु गरेको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update