Kath khabar
कोरोनाको त्रासले आइपिएल छाड्दै खेलाडीहरु

भारत, वैशाख १३ । कोरोना भाइरसको बढ्दो जोखिमका कारण भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा सहभागि खेलाडीहरु प्रतियोगिता छाडेर घर फर्किन थालेका छन् ।

तिब्र गतिका बलर एन्ड्रु टाइ आइतबार भारतबाट दोहा हुँदै सिड्नीतर्फ प्रस्थान गरिसकेका  छन् । उनी राजेस्थान रोयल्सबाट जारी आइपिएलमा सहभागि भएका थिए । त्यस्तै केन रिचार्डशनसँगै एडाम जाम्पा पनि आइपिएल बिचबाटै छाडेर देश फर्किने निर्णयमा पुगेका छन् । अष्ट्रेलियाले भारतबाट उडान भर्ने हवाइजहाजमा रोक लगाउन थालेपछि अन्य देशमै थुनिने डरले खेलाडीहरु देश फर्किन थालेका हुन् । भारतमा प्रतिदिन तीन लाख भन्दा बढि नयाँ संक्रमित थपिँदै आएका छन् । आपत्कालिन अवस्थामा आफ्नो परिवारसँग बस्ने भन्दै भारतीय अफ स्पिनर रभिचन्द्रन आश्विन पनि प्रतियोगिताबाट विश्राम लिने भएका छन् । सोमबार मात्रै तीन लाख ५२ हजार  ९ सय ९१ नयाँ संक्रमित थपिएको र  पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्ना बलरहरु जाम्पा र रिचार्डसन आइपिएलका बाँकी सिजन टिमका लागि उपलब्ध नहुने एक विज्ञप्ती माफर्त बताएको छ । अष्टे«लियाका अन्य खेलाडी स्टिभ स्मिथ, डेभिड वार्नर तथा प्याट कमीन्सले यसबारे भने केही प्रतिक्रिया दिएका छैनन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update