काठमाडौं, वैशाख १३ । बैंकिङ प्रणालीमा नेपाल राष्ट्र बैंकले २६ करोड रुपैयाँ संंस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ जेठ दुुई गतेदेखि २०७९ जेठ दुई गतेसम्मको लागि राख्न लागिएको हो ।
रकम लगानीको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले आगामी बुुधबार अर्थात बैशाख १५ गते अपरान्ह चार बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत तोकेर आवेदन दिनुुपर्ने छ । राष्ट्र बैंकका अनुसार यसरी राखिने कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि २० करोड ८० लाख, बिकास बैंकहरुको लागि तीन करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ३० लाख रुपैयाँ छुट्याईएको छ ।
लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुपर्ने लगायतका न्युुनतम सर्तहरु तोकिएकाछन् ।