Kath khabar
हजारौँ समर्थकको सपना पुरा गर्ने क्रिकेटरः कुशल भुर्तेल

काठमाडौं, वैशाख १३ । हेमन्त भण्डारी कक्षा ८ मा पढ्हुन्छ । त्रिकोणात्मक सिरिजको पहिलो खेल उनले परिक्षा भएकाले हेर्न पाउनुभएन । तर बाकीँ सबै खेल उहाँले किर्तीपुरस्थित त्रिवी मैदानमा आएर हेर्नु भयो । लिग चरणअन्तगर्त  आयोजनक नेपाल र मलेसियाको दोस्रो खेल पछि दर्शक प्रवेशमा सरकारले रोक लगायो । त्यसका बाबजुत पनि उहाँले नेपालको पुरै खेल पर्खाल बाहिर उभ्भिएर त कहिले रुखमा चढेर  प्रतियोगिता हेर्नु भयो । पहिलो खेल देखि बलियो देखिएको नेपालको शसक्त ब्याटिङले उहाँलाई मैदानसम्म आउन प्रेरित गर्यो । त्यो भन्दा पनि बढि कुशल भुर्तेलको बलियो ओपनिङले । वषौँ देखि नेपाली क्रिकेटले बलियो ओपनिङ र शशक्त ब्याटिङ गरेको हेर्न चाहन्थ्यौँ हेमन्तले भन्नुभयो यो सपना कुशलले पुरा गेरका छन् ।

कुशलकै सिरिज

कुशल भुर्तेलले घरेलु टोली नेपालबाट पहिलो पटक टि-टवान्टी अन्तराष्ट्रियमा डेब्यु गर्नुभएको हो । तर उहाँको प्रदर्शन पुरै सिरिज भर  अनुभवी ब्याट्सम्यानको जस्तो रह्यो । अझ भनौ अनुभवी अ‍ोपनर । ओपनिङ भएन, क्रिकेट राम्रो भएन भन्नेहरुका लागि कुशल सरप्राइज प्याकेजका उपश्थित भएका छन् । पहिलो खेल नेदरल्याण्ड्ससँग थियो । गत वर्षको मार्च पछि यी दुवै टिमले घरेलु प्रतियोगिता बाहेक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिएनन् । तर पछिल्लो प्रदर्शन हेृर्दा नेदरल्याण्ड्स उपाधीको बलियो दाबेदार थियो ।  यता नेपालका लागि विश्वकप बिजेता ड्याभ वाटमोरलाई प्रशिक्षकका रुपमा पाउनु बलियो पक्ष थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डुसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर मात्र एक सय ३६ रन बनाएको थियो ।  एक सय ३७ रन ठुलो लक्ष्य होइन तर नेपाल यो भन्दा सानो योगफल पछाउन चुकेको छ । तर यसपटक उल्टो भयो । कुशल (६२) र आसिफले (५४) डेब्यु खेलमै अर्धशतक बनाउँदै नेपाललाई एक सय १ सय १६ रनको सुरुवात दिलाएको  खेलमा नेपालले ९ विकेटको शानदार जित हात पार्यो । त्यसपछिका खेलहरुमा कुशलले लगातर दुइ अर्धशतक बनाउनु भयो  । डेब्यु सिरिजमा नै लगातार तीन खेलमा अर्धशतक बनाउनु भएका उहाँले फाइनलमा पनि नेदरल्याण्ड्स विरुद्ध ७७ रनको योग्दान दिनुभयो । पुरै सिरिज भर उहाँले चार अर्धशतक प्रहार गरि २ सय ७८ रनको बनाउनुएको छ । यो क्रममा उहाँले २४ चौका र १६ छक्का प्रहार गर्नुभयो । प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी घोषत हुनु भएका उहाँले नेपालको ओपनिङमा विश्वास गर्नुभएका ड्याभ वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ललाई धन्यवाद दिनुभयो । नाम अनुसार कुशल  ब्याटिङ र ओपनिङ सम्हाल्नु भएका उहाँ पहिलो सिरिजबाटै नेपाली क्रिकेटको उम्दा उम्दा ओपनरका रुपमा स्थापित हुनु भएको छ ।

घरेलु प्रतियोगितामा कुशलको प्रदर्शन

२०१४ मा बुटवलको सिनियर क्रिकेट टिममा स्थान बनाउन सफल भएपछि उहाँले आफ्नो फेसबुक अकाउण्टमा लेख्नु भएको थियो । अब राष्ट्रिय टिममा पर्नुछ । यो सात वर्ष उहाँले धेरै मेहनत गर्नुभयो ।  नेपालको एक मात्र एक दिवसिय प्रतियोगिता प्रधानमन्त्रीकपमा २०१९ मा उहाँले समग्रमा एक सय ३२ रन बनाउनु भएको थियो भने २०२१ मा एक सय १७ प्रहार गनुभएको छ । यस्तै घरेलु टी- ट्वान्टी फ्रेन्चाइजी लिगहरुमा उहाँले हालसम्म चार सय रन बनाउनु भएको छ । यी प्रतियोगितामा पनि उहाँले ओपनिङ नै सम्हाल्दै आउनु भएको थियो । यु १६ को टिममा परेपछि उनलाई पुलिस क्लबले राष्ट्रिय प्रतियोगिता खेल्ने मौका दिएको हो । यो विचमा उहाँले एभरेष्ट प्रिमियर लिग इपिएल ललितपुरबाट, पोखरा प्रिमियर लिग पिपिएल पोखराबाट र धनगढी प्रिमियर लिग डिपिएल विराटनगरबाट खेल्नुभयो । पहिले ७-८ नम्बरमा ब्याटिङ गर्ने उहाँलाई पोखराबाट खेल्दा शरद भेषावकरले ओपनिङको मौका दिएका हुन् ।

क्रिकेट पदप्रदर्शक बुवा

कुशलले शनिबार सम्पन्न फाइनल खेलमा बनाएको  ७७ रनको आक्रमक पारीको साक्षी उहाँका बुवा दिपक भुर्तेल पनि बन्नु भयो । उहाँले छोरालाई नजिकैबाट हेर्न त पाउनु भएन । तर आफ्नो सपना छोराले पुरा गरेको देखेर उहाँ दंग देखिन्थे । दिपक नेपाली क्रिकेटका पुर्व कप्तान राजु खड्काका टिम मेट तर परिवारको जिम्मेवारीका कारण उहाँले धेरै समय क्रिकेटमा दिन पाउनु भएन । तर कुशललाई राष्ट्रिय क्रिकेटको जर्सीमा देख्ने उहाँको सधै चाहना रहेको थियो । र त्यो चाहना कुशलले पुरा गर्नुभयो । २०११ तीर बैदेशिक रोजगारबाट नेपाल फर्किएपछि न्यु युनिभर्सल कम्युटर इुन्चिस्युट एन यु सि आइ खोल्नुभयो । यही नामबाट एनयुसिआइ कप नामक  उमेर समुहको प्रतियोगिता आयोजना गर्नु भयो । लामो समय यही क्लबबाट खेलेपछि उमेर समुह हुँदै राष्ट्रिय टिमसम्म यात्रा तय भएको कुशल मान्नुहुन्छ । त्यो सानो कप अहिले तिलोत्तमा प्रिमियर लिग टीपीएलमा परिणत भएको छ । कुशल यु १६ र यु १९ को राष्ट्रिय टिममा परेका खेलाडी हुन् । तर राष्ट्रिय टिममा प्रवेश पाउनु उनका लागि सहज विषय भएन् । त्यसपछि उहाँले इर्मजिङ टिम्स कपमा सहभागिता जनाउनु भयो । तर प्रदर्शन राम्रो हुन सकेन । त्यसपछि हरेक पल्ट राष्ट्रिय टिमको क्याम्पमा बोलाइन्थ्यो अन्तिम समयमा उहाँको नाम अट्दैन थियो । यो बेला राष्ट्रिय टिममा पर्दिन कि भन्ने सोचेर बसेको कुशललाई अझ मेहेनत बुवा दिपकले प्रोत्साहन गर्नुहुन्थ्यो । क्रिकेट छाड्ने मनसाय समेत बनाउनु भएका कुशललाइ सही समय आउँछ भने दिपकले आड दिनुभयो । र त्यो अवसर पनि आयो । कुशलले आफुलाई प्रमाणित समेत गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update