Kath khabar
चीन–भारत सीमामा रहेका सेना फिर्ता गर्न भारतको आग्रह

नयाँ दिल्ली, असोज २ ।  चीनलाई हिमाली सीमा क्षेत्रमा खटिएका सुरक्षा फौज फिर्ता गर्न भारतले प्रस्ताव गरेको छ।  पछिल्लो समय हिमाली सीमा क्षेत्रमा दुवै मुलुकले आ–आफनै सैनिक राखे सँगै भारतीय पक्षले दुवै देशेको सैनिक फिर्ता गर्न चीन सँग आग्रह गरेको हो।

 भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बिहीबार दुसान्वेमा आयोजित क्षत्रीय भेलाको अवसरमा भेट भएको थियो । उहाँहरुको भेटमा सीमा सुरक्षा सम्बन्धमा छलफल भएको थियो । सो अवसरमा  हिमाली सीमामा खटिएको सुरक्षा फौज फिर्ता गरेमात्र दुईपक्षीय सम्बन्ध राम्रो हुने भारतीय पक्षको भनाई थियो।  भेटमा  भारतीय विदेशमन्त्रीले आफूहरुको विवादित हिमालयन बोर्डरमा खटिएका चीन र भारतका सेना फिर्ता गरे मात्र दुईपक्षीय सम्बन्ध राम्रो हुने बताउनु भएको छ।

उक्त भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत भन्नु भएको छ, ‘भेटमा सीमा क्षेत्रबाट सेनालाई हटाउने सम्बन्धमा छलफल भयो । हिमालयन सीमा क्षेत्रमा खटिएका चीन र भारतका सेनालाई दुबै देशले हटाएमा दुबै देशबीच सम्बन्ध राम्रो हुनेछ । दुई पक्षीय विकासको लागि सीमाबाट सेना हटाउन आवश्यक छ ।’

सिमा विवाद कै कारण हजारौँ भारतीय र चिनियाँ सैनिक सीमावर्ती हिमालयन क्षेत्रमा तैनाथ हुनुहुन्छ । दशकौँ लामो हिमालयन क्षेत्रको सीमा विवादमा गत वर्षदेखि दुबै देशका सेनाबीच टकराव जारी छ । सीमा विवादका कारण करिब एक दकशपछि तनाव सिर्जना हुँदा दुबै देशका सैनिकको मृत्यु समेत हुन पुगेको छ ।

यता चिनियाँ विदेशमन्त्री वाङले  चीन र भारतको सीमा विवाद चीनले सहजै सम्हाल्दै आएको बताउनु भएको छ।  ‘चीनले सधैँ दुई देशबीच सीमा विवाद सकारात्मक तरिकाले सम्हाल्दै आएको छ’ उहाँले भन्नु भएको छ , ‘ चीन सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न चाहान्छ।  सीमा क्षेत्रमा हुने टकराव कम गर्न दुबै देशले सँगै काम गर्नु जरुरी छ ।’

सीमा विवादकै कारण चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो ।  जुन हालसम्म समाधान हुन सकेको छैन । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच शुक्रबार भर्चुअल माध्यमबाट भेट हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update