Kath khabar
एएफसी महिला एसिया कप छनोट : नेपालले पहिलो खेल ३३ औं स्थान माथि रहेको फिलिपिन्ससँग खेल्दै

काठमाडौं, असोज २ ।  एएफसी महिला एसियन कप अन्र्तगत शनिबार नेपाली टोलीले पहिलो खेल फिलिपिन्ससँग खेल्दै छ ।  समूह एफ मा रहेको नेपालले  शनिबार  छनोट खेलका लागि फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

फिफा वरियतामा ६८ औं स्थानमा रहेको फिलिपिन्स र १०१ औं स्थानमा रहेको नेपालबीचको भिडन्त रोचक हुने छ। यो सँगै नेपाललाई आफूभन्दा ३३ स्थान माथि रहेको फिलिपिन्सलाई शनिबार हराउनु पर्ने दबाब रहेको छ।

पहिलो पटक नेपाली टिमका लागि विदेशी प्रशिक्षक ग्यारी फिलिप्स हुनुहुन्छ। उहाँ कै नेतृत्वमा नेपाली टीमले प्रतिस्पर्धा गर्न लागको हो ।समूह एफमा नेपाल, फिलिपिन्स र हङकङ रहेको छ। दोस्रो खेल नेपालले हङकङसँग सेप्टेम्बर २१ मा खेल्ने छ । छनौट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

फिलिपिन्ससँगको खेलमा नेपाली टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्दै छ। घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गराई रहनु भएकी उहाँ अहिले रिह्याबिलिटेसनमा हुनुहुन्छ ।

हाल भइरहेको एएफसी प्रतियोगितका शीर्ष स्थानमा रहने टिम भने एसिया कपमा छनोट हुनेछ । एसियन कप अर्को वर्ष भारतमा हुदैछ । त्यसको लागि नेपाललाई समूहको दुवै खेल महत्वपूर्ण रहेको छ।

नेपाली टीममा अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, मन्जली थोकर, निशा थोकर, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु विमला चौधरी, दीपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, प्रीति राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर र सिर्जना सिंह हुनुहुन्छ।

 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update