Kath khabar
कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौ, असोज २ ।वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।
 बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउने छ ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खाता मार्फत खोलिने मुद्धती निक्षेपमा शुन्य दसमलव पाँच प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिने छ । काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाले देशका विभिन्न भागमा एक सय २९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवातथा सुविधा प्रदान गर्दै आएको छ । बैंकले सोसल मिडिया बैंकिङ, केएस आईमोबाइल जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दे आइरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update