काठमाडौं, असोज २ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल ११ हजार तीन सय ८५ जनाको नमुुना परिक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितहरुको कुुल संख्या २५ हजार ८२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट थप १६ जनाको मृत्युु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो अवधिमा कोभिड १९ को संक्रमणबाट मुक्त हुुनेहरुको संख्या भने एक हजार दुई सय ३४ रहेको छ । यो समेत गरी नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ४७ हजार आठ सय पुगेको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप दुई सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौंमा दुई सय ४३ र भक्तपुरमा १३ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।