काठमाडौं, वैशाख १३। नेपाल वायुसेवा निगम र नेपाल बैंक लि.को सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ। निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बिच निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गर्नुभयो ।
निगमका महाप्रवन्धक पौडेलले बद्लिदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन् बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने कुरा बताउनुभयो । उहाँले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालिमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाँऊ गाँऊबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने कुरा बताउनुभयो ।
सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो र भविष्यमा उल्लेखनीय एंव स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले निगमसँग पुन सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रुपमा लिएको छ भन्नुहुँदै भविष्यमा अन्य विषयमा पनि मिलेर काम गर्ने धारणा व्यक्त गर्नुभयो ।