चिनियाँ अन्तरिक्षयात्री ९० दिनपछि सकुशल फिर्ता
काठमाडौं, असोज ३ । चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किनु भएको छ । सो मिसन सबैभन्दा लामो रहेको बताइएको छ।
नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यानमा शुक्रबार करिब १ः३० बजे अवतरण गरेको छ ।
चिनियाँ राष्ट्रिय टेलीभिजन (सीसीटीभी) ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।एपी
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८ १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय