काठमाडौं, असोज ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप सात सय ३४ जनामा कोरोनाा भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १० हजार १३ वटा नमुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । सोही आधारमा नेपालमा सक्रिय संक्रमितहरुको कुल संख्या भने २४ हजार तीन सय १३ मा पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या भने १२ जना रहेको छ । यो समेत गरी नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेहरुको संख्या ११ हजार ४० पुगेको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेहरुको संख्या भने एक हजार चार सय १३ पुगेको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा दुई सय ४१ जना संक्रमित थपिएकाछन् । उक्त संख्या मध्ये काठमाडौं जिल्लामा एक सय ८७, ललितपुर जिल्लामा २२ जना र भक्तपुर जिल्लामा ३२ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।