रियल म्याड्रिडद्धारा भ्यालेन्सिया पराजित
म्याड्रिड, असोज ४ । स्पेनी ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सियालाई २–१ गोलले हराएको छ । रियल म्याड्रिडले अन्तिम चार मिनेटमा गरेको दुई गोलले खेलमा फर्किन सकेको हो । जितसँगै रियल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
भ्यालेन्सियाले ६६औं मिनेटमा ह्युगो डुरोको गोलले अग्रता लिएको थियो । रियलका लागि ८६औं मिनेटमा भिनिसियस जुनियरले पहिलो गोल फर्काउनु भयो । त्यसपछि करिम बेन्जेमाले ८८औं मिनेटमा गोल गर्दै रियललाई विजयी बनाउनु भयो । यो सिजनमा बेन्जेमाको छैटौं गोल हो ।
यो जितपछि रियलको पाँच खेलबाट १३ अंक भएको छ । भ्यालेन्सिया भने १० अंकमा तेस्रो स्थानमा रहेको छ । आइतबारको अर्को प्रमुख खेलमा रियल सोसिडाडले सेभियासँग गोलरहित बराबरी खेल्यो । एजेन्सी
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८ ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय