काठमाडौं, असोज ४ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९५ जनामा कोेरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल १३ हजारआठ सय १७ जनाको नमुुना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार तीन सय २३ रहेको छ । यस अवधिमा थप आठ जनाको कोभिड १९ को संक्रमणका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ११ हजार ४८ पुगेको छ ।
यसैगरी पछिल्ले २४ घण्टामा थप दुई हजार नौ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेको संख्या सात लाख ५२ हजार एक सय ७० पुुगेको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप तीन सय ९६ जना संक्रमितहरु थपिएका छन् । सो मध्ये काठमाडौं जिल्लामा दुई सय ९८, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा ६३ जना संक्रमितहरु थपिएको मन्त्रालयले जानकारी दिएको छ । यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको संख्या पाँच हजार पाँच सय ३२ पुुगेको छ ।