Kath khabar
बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं , असोज ५ । खेलेको अन्तिम समयतर्फ खेललाई लयमा फर्काउदा बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ।  खेलको ९०औं मिनेटमा उरुग्वेयन सेन्टर डिफेन्डर रोनाल्ड एराउजोले गोल गर्नु भए सँगै बार्सिलोना बराबरीमा रोकिन पुगेको छ। घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडासँग १–१ को बराबरी खेलेको हो ।

खेलको दोस्रो मिनेटमा ग्रानाडाका लागि डोमिङओस डुअर्टीले गोल गर्नु हुदै अग्रता दिलाउनु भएको थियो । उहाँले सर्जियो स्कुडेरोको पासमा हड गोल गर्नुभएको थियो । खेलको १९औं मिनेटमा सर्जी रोवर्टोको प्रहार बाहिरियो । ३६औं मिनेटमा मेम्फिस डिपाएको फ्रिकिक प्रहारलाई ग्रानाडाका गोलरकिपरले सजिलै विफल बचाउनु भयो ।

४५औं मिनेटमा रोनाल्ड एराउजोको पोस्ट छेउको हेड प्रहारमा ग्रानाडाका गोलकिपर लुईस म्याक्सीमिनोले रोक्न सफल हुनु भयो । खेलभर १७ वटा पोस्ट प्रहार गरेको बार्सिलोनाले अन्तिममा बराबरी गोल फर्काउन सफल भयो ।

ग्रानाडासँगको खेलमा बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए, फिलिप कोउटिन्हो र विङ्गर युसुफ डेमिरले कुनै जादु देखानउ सक्नु भएन । जसले गर्दा खेल बराबरी भयो ।
यो सँगै  बार्सिलोना ४ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । पाँच खेलबाट तीन अंकसहित ग्रानाडा १७औं स्थानमा छ ।

यता शीर्षस्थानमा रहेको रियल म्याड्रिडको पाँच खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडले ११ अंक बनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update