Kath khabar
इब्राहिमोभिच संकटमा

स्वीडेन, वैशाख १४। स्वीडेन स्टार ज्लाटान इब्राहिमोभिचलाई  युरोपेली फुटबल महासंघ युएफाको नियम विरुद्ध सट्टेबाज कम्पनीहरुसँग मिलेको आरोप लागेको छ । युएफा आथिर्क अनुसासन सम्बन्धी नियम उल्लघंन गरेको भन्दै युएफाले इब्राहिमोभिचमाथि अनुसन्धान पनि सुरु गरेको छ । ३९ वर्षिय ज्लाटानले युएफाको नियम विपरित एक बेटिङ कम्पनीसँग सहकार्य गरिरहेको स्वीडेनले बताएको हो । युएफाका अनुशासन निर्देशिका अनुसार खेलाडीहरु कुनै पनि सट्टेबाज क्रियाकलापमा संलग्न भएको अमान्य हुनेछ । युएफाले एक विज्ञेप्ति जारी गरि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको बताएको छ । एसि मिलानका स्ट्राइकर ज्लाटानले गत सातामात्रै क्लबसँग थप एक वर्षका लागि सम्झौता गरेका थिए । म्यान्चेष्टर युनाइटेडका पुर्व खेलाडी ज्लाटानल जारी सिजन २५ खेल खेल्दा १७ गोल गरेका छन् । वर्षको सुरुवातमा उनलाइ राष्ट्रिय टिमले पनि सन्यासको पाँच वर्ष पछि क्याम्पमा बोलाएको थियो । गत जनवरीमा कोपा  इटालिया अन्तगर्त भएको खेलका दौरान इन्टर मिलानका रोमेलु लुकाकुमाथि रंगभेदि टिप्पणी गरेको भन्दै इब्राहिमोभिच ले चार हजार युरो जरिवाना तिरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update