Kath khabar
कप्तान ज्ञानेन्द्र भन्नु हुन्छ– ओमान सिरिजमा युवा खेलाडीको प्रदर्शन उच्च रह्यो  

काठमाडौं, असोज ५ । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउनु भएको छ ।

ओमान भ्रमणपछि नेपाल फर्किएको टोलीकाबारे आज मिडियाहरुसँग प्रतिक्रिया दिने क्रम कप्तान मल्लले उहाँको प्रदर्शनमा सुधार र एकरुपता ल्याउन धेरै भन्दा धेरै अन्तराष्ट्रिय एक्सपोजर प्रतिस्पर्धारुत्मक खेलहरुमा सहभागिता गराउनु पर्ने बताउनु भएको छ । “उहाँहरुलाई दबाब कसरी झेल्ने, कसरी त्यसलाई ह्यान्डल गर्ने भन्नेबारे अहिले राम्रोसँग थाहा भइसकेको छैन । यो कुरा सिक्नको लागि धेरै खेलको आवश्यक्ता छ अब सिक्नुपर्ने गर्नुपर्ने त्यही नै हो । प्रदर्शन राम्रो थियो” ओमान सिरिजमा पनि राम्रो नै भएको उहाँको प्रतिक्रिया छ ।”

हाम्रो कम्तीमा तीन जित निकाल्ने लक्ष्य थियो । तर दुई जित निकाल्यौँ । त्यो भन्दा पनि कुशल भुर्तेल, आशिफ शेख, विक्रम शोब लगायतका युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नुभयो यसमा खुशी छौँ । धेरै समयदेखि उहाँहरुमा गरेको लगानीको प्रतिफल आइरहेको उहाँको भनाई छ । तर अब यतिले पुग्दैन अब हामी एसोसियट राष्ट्र मध्य कै नम्बर एक  हुनुपर्छ भन्ने लक्ष्य राख्नुपर्छ ।”

सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराउँदा दोस्रो खेलमा ओमानसँग पाँच विकेटको पराजय ब्येहोरेको थियो । तेस्रो खेलमा अमेरिकासँग ६ विकेटको  पराजय ब्येहोरेको नेपालले अन्तिम खेलमा ओमान विरुद्ध सात विकेट जित निकाल्दै सिरिजमा सुखद अन्त्य गरेको थियो । सो  जितमा सन्दिप लामिछाने र करण केसीले चार चार विकेट लिँदा कप्तान ज्ञानेन्द्र र आशिफ शेखले किर्तीमानी साझेदारी गुर्नभएको थियो ।

प्रशिक्षक ड्याभ वाटमोर भने ओमानबाट भारततर्फ लाग्नुभएको छ । उहाँले ओमान पुगेपछि नेपालसँगको सहकार्यलाई सिरिजपछि निरन्तरता दिन नसकिने बताउँदै क्यानलाई राजीनामा दिईसक्नु भएको थियो । खास कारण नखुलाएपनि पारिवारिक कारण देखाएर उहाँले नेपालको नेतृत्व त्याग्नु भएको हो । 

 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update