निफ्राले ८.५ नगद लाभांश वितरण गर्ने
काठमाडौं, असोज ५ । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लगानीकर्तालाई ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम रहेको २० अर्ब चुक्ता पूँजीको ८।५ प्रतिशत (कर सहति) ले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको स्वीकृति पश्चात तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८ ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय