सिद्धार्थ बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बाट ऋण सुविधा उपलब्ध
काठमाडौं, असोज ५ । सिद्घार्थ बैंक लिमिटेडलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिंगापुरले एक करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ ।
स्वीकृत ऋण सुविधा मध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ । उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरी आएको अन्तर्राष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८ १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय