उज्वेकिस्तान, असोज ५ । नेपालको एएफसी एसियन कप छनौट यात्रा समाप्त भएको छ । जित्नै पर्ने खेलमा नेपाली महिला टोलीले हङकङसँग गोलरहित बराबरी खेलेपछि नेपालको यात्रा टुंगिएको हो । नेपालले पहिलो हाफमा अधिंकाश समय बलमा पकड बनाएको थियो । उसले गोलका लागि चार प्रहार गरेको थियो । जसमध्य एक भने बारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा पनि हङकङमाथी पुर्ण रुपमा हाबी भएको नेपाल फिनिसिङमा चुकेपछि छनौट यात्रा समाप्त भएको हो ।
उज्वेकिस्तानको ताश्केन्तमा भएको छनौट अन्तगर्तको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग दुई एक गोलको हार ब्येहोरेको थियो । सो खेलको सुरुवातमा बिमला चौधरीले गोल गर्नुभएको थियो । तर अन्तिमतिर फिलिपिन्सले दुई गोल फर्काएर नतिजा आफ्नो पक्षमा बनाएको थियो । जसका कारण यो खेलमा जित अपिहार्य थियो । एसिया कपमा नेपालले पछिल्लो पटक १९९९ मा खेलेको थियो । नेपालले २२ वर्षपछि एसियालीस्तरको सबैभन्दा ठुलो प्रतियोगिता खेल्ने लक्ष्य राखे पनि सफल हुन सकेन ।