Kath khabar
अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं, असोज ६ । अष्ट्रेलियामा बुधबार ६ म्याग्नेच्युडको भूकम्प गएको छ। बुधबार बिहान स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

जिओसाइन्स अष्ट्रेलियाका अनुसार यो अष्ट्रेलियाको इतिहासमा रेकर्ड भएको सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो।  अष्ट्रेलियाको यो क्षेत्रमा निकै कम भूकम्प जान्छ। यसअघि सन् १९८९ मा न्युक्यासलमा ५.६ म्याग्नेच्युडको भूकम्प गएको थियो।
सयौं मिटरसम्म धक्का महशुस गरिएको भूकम्पले सिड्नी, क्यानबेरा र तास्मानियासम्म असर पुराएको छ। ९ बजे गएको भूकम्पपछि अर्को कम्पन पनि महसुस भएको थियो ।

अहिलेसम्म मानवीय क्षति भएको विवरण आइसकेको छैन।  ४ म्याग्नेच्युडको परकम्प पनि आएकाले अग्ला भवनमा रहेका मानिसहरूलाई  सुरक्षित स्थानमा सारिएको छ। केही ठाउँमा बिजुली अवरूद्ध भएको पनि बताइएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update