काठमाडौं, असोज ६ । लुइस सुआरेजको दुई गोलको मद्दतले स्पानिस ला लिगामा साविक विजेता एट्लेटिको मड्रिडले जित हात पारेको छ । उसले गेटाफेलाई २–१ गोलले पराजित गरेको हो ।
गेटाफेको मैदानमा भएको खेलमा अग्रता गेटाफाले लिएको थियो । ४५औं मिनेटमा स्टेफान मित्रोभिकले गोल गर्दै गेटाफेलाई अग्रता दिलाउनु भएको थियो । तर दोस्रो हाफमा भने एट्लेटिको खेलामा फर्कियो । चार्ल्स एलेना ७४औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटियो ।
यसको फाइदा एट्लेटिकोले लियो । ७८औं मिनेटमा सुआरेजले बराबरी गोल फर्काए ।
यस्तै अन्तिम मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गरे सँगै एट्लेटिको जित भयो ।
जितपछि ६ खेलबाट १४ अंक जोड्दै एट्लेटिको अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको रियल मड्रिड १३ अंकसहित दोस्रो स्थानमा छ ।
लगातार ६ खेलमा पराजित गेटाफे भने अंकविहीन हुँदै १९औं स्थानमा छ ।
ला लिगाकै अर्को खेलमा राभो भालेकाले एथ्लेटिक विल्वाओलाई २–१ ले पराजित गरेको छ । रायोको जितमा राडेमेल फाल्काओले इन्जुरी टाइममा निर्णायक गोल गर्नुभयो ।
अर्को खेलमा सेल्टाभिगोले लेभान्टेलाई २–० ले हरायो । एजेन्सी