काठमाडौं , असोज ६ । पारा ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरेर फर्किएकी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई नपाल तेक्वान्दो संघले मंगलबार सम्मान गरेको छ । संघले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको समापनको अवसरमा पलेशालाई ५० हजार तथा लामालाई १० हजार रुपैयाँसहित सम्मान गरेको हो । गोल्फुटारमा भएको कार्यक्रममा पलेसालाई नगद सात हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो।
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्य, रञ्जन श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता सक्षम कार्कीलगायतलाई समेत सम्मान गरिएको थियो ।
ऐतिहासिक कांस्य पदक जित्नबाट चुक्नु भएकी पलेसा पारालिम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडी हो। टोकियो पारालिम्पिकको पहिलो खेलमै बेलायती प्रतिद्वन्द्वी बेथ मुनरोसँग पराजित हुनु भएको थियो त्यसपछि रिपिचेजमा प्रतिस्पर्धा गरेकी उहाँ फाइनलमा पराजित भएपछि ऐतिहासिक कांस्य पदक जित्नबाट चुक्नु भएको थियो ।
कांस्य पदकका लागि भएको रिपिचेज फाइनलमा पलेसा चिनियाँ खेलाडी युजी लिसँग पराजित हुनु भएको थियो । १८ वर्षीया पलेसाले वाइल्ड कार्डमार्फत सहभागिता सुनिश्चित गर्नुभएको थियो ।
पलेसा टोकियो पारालिम्पिकमा सहभागी एक्ली नेपाली खेलाडी हुनुहुन्छ ।