नेपाल मदिरा उत्पादक संघको ९ औँ साधारण सभा सम्पन्न
काठमाडौं, असोज ६ । नेपाल मदिरा उत्पादक संघको ९ औं साधारण सभा सम्पन्न भएको छ । यहि असोज ३ गते आइतवार सम्पन्न नवौ साधारणसभाबाट ११ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ । नेपाल मदिरा उत्पादक संघको नयाँ कार्यसमिति को अध्यक्षमा वैजु प्रसाद वावरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्री, सुरेन्द्र उप्रेती महासचिव, वरुण कुमार शाह सचिव पदमा चयन हुनुभएको छ ।
यस्तै नेपाल मदिरा उत्पादक संघको नयाँ कार्यसमितिको सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन हुनुभएको छ । सम्पुर्ण कार्य समितिहरु सर्वसम्मतिमा चयन हुनुभएको धनुषा डिष्टिलरी प्रा लि का चेयरमेन किसन धनावतले बताउनु भयो ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय