नेपालमा थप १४७८ जनामा कोभिड १९ को संक्रमण पुष्टि
६ जनाको मृत्यु, १६३० जना संक्रमणमुक्त
काठमाडौं, असोज ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार चार सय ७८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १३ हजार नौ सय ३० वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो समेत गरी नेपालमा सक्रिय संक्रमितहरुको कुल संख्या २१ हजार एक सय ३९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार ५९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार छ सय ३० जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय