काठमाडौँ, असोज ७ । सरकारले धानको समर्थन मूल्य तोकेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चालु वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ तोकिएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ ले बढी हो।
गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो। गत वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको मूल्य दुई हजार ८ सय ८५ तोकिएको थियो।
समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ।रासस