काठमाडौं, असोज ७ । सरकार र निजी क्षेत्र मिलेर दसैंका लागि ५० हजार खसीबोका भित्राउनु हुनु भएको छ। अघिल्ला वर्षहरु जसरी निजी क्षेत्रले ठूलो संख्यामा खसीबोका काठमाडौं ल्याउन लागको पशु सेवा विभागले जानकारी दिएको छ । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका दुई हजार वटा खसीबोका ल्याउने तयारी गरेको छ भने बाँकी निजी क्षेत्रले भित्राउने छ।
काठमाडौं उपत्यकामा माग धेरै हुने हुदाँ खसीबोका भित्राउने तयारी गरिएको हो । दसैंमा मासुको माग उच्च रहने हुदाँ हरेक वर्ष विभिन्न जिल्लाबाट खसीबोका दुवै पक्षले भित्राउने गरेको पाईन्छ। मासुको माग उच्च हुदाँ मूल्य मनलाग्दो नहोस् भनेर सरकारले न्यूनतम मूल्य तोक्ने समेत बताइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्न व्यवसायी समक्ष आग्रह गरेको छ। विभागका प्रवक्ता शिवराज सेढाइँले चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन व्यवसायीलाई भनिएको बताउनु भयो । यता मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन काठमाडौँ उपत्यकाका मासु व्यवसायीलाई समेत विभागले निर्देशन दिएको छ ।
यस्तै, कुखुराका मासु व्यवसायीले दसैंमा रु तीन सयभन्दा बढी मूल्य नबढाउने बताउदै आउनु भएको छ । राष्ट्रिय मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्कीले सरकारले भने अनुुरुप नै आफूहरु अघि बढ्ने बताउनु भएको छ ।
सरकारले हेटौडाँ, दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायतका क्षेत्रबाट खसीबोका ल्याई काठमाडौंमा बेच्न गरेको पाईन्छ। खाद्यले सुपथ मुल्यमा खसीबोका बिक्री गर्दै आएको पाईन्छ।
खाद्यले हिमाली जिल्लामै च्याङ्ग्रा महँगो पर्ने भएकाले काठमाडौँ नल्याउने जानकारी दिएको छ । कोरोनाका कारण यसवर्ष चिनियाँ च्याङग्रा नआउँद्या स्वदेशी च्याङ्ग्रा महँगो भएको कम्पनीको अनुमान छ ।
तिब्बतबाट च्याङ्ग्रा नआउँदा मनाङ र मुस्ताङमा पालिएका च्याङ्ग्राको मूल्य बढेका कारण किन्न नसकिएको कम्पनीले जनाएको छ । मुस्ताङमा अहिलेको च्याङ्ग्राको मासु प्रतिकिलो १ हजारभन्दा बढी छ ।