बैंकमा पैसा राख्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कसले दिन्छ उच्च ब्याज
काठमाडौं, असोज ७ । सेयर घट्न थालेकाले बैंकको मुद्दति निक्षेपमा पैसा राख्ने योजना बनाउनु भएको छ भने सनराइज बैंकमा राख्दा सबैभन्दा बढि ब्याज पाइने देखिन्छ । किनभने यसले अहिले एक वर्षे मुद्दति निक्षेपमा १० दशमलव शुन्य सात प्रतिशत ब्याज दिएको छ ।
गत भदौमा ७ प्रतिशत ब्याज दिएको यो बैंकले असोजमा आएर यो ब्याजदरमा थप ३ दशमलव शुन्य सात प्रतिशत बढाएको देखिन्छ । त्यस्तै सेञ्चुरी बैंकमा राख्नेलेपनि उच्च मात्रामा ब्याज पाउने देखिन्छ । एक महिनामा मात्रै यस्तो ब्याजदर २ प्रतिशतले बढेको देखिएको छ ।
महामारीका कारण तीन वर्षसम्म निरन्तर ब्याज घटेको थियो । यसपछि अब बल्ल बिस्तारै ब्याजदर उकालो लाग्न थालेको देखिएको छ ।
तीन वर्षसम्म निरन्तर घटेको निक्षेपको ब्याजदर
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८ १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय