काठमाडौंं, असोज ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार दुई सय ३९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १५ हजार दुई सय ४३ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ । सोही आधारमा नेपालमा सक्रिय संक्रमितहरुको कुल संख्या घटेर २० हजार सात सय ४३ मा झरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंं उपत्यकामा भने थप चार सय चार जना संक्रमितहरु थएिकाछन् । सो मध्ये काठमाडौं जिल्लामा दुई सय ४५, ललितपुर जिल्लामा एक सय सात र भक्तपुर जिल्लामा ५२ जना संक्रमित थपिएकाछन् । यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको संख्या पाँच हजार एक सय १५ पुगेको छ ।